नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
काभ्रेपलाञ्चोक


  जिल्लाकाे परिचय

 

काभ्रेपलाञ्चाेक

देशको राजधानी काठमाण्डौबाट काभ्रेपलान्चोक जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मि.पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ कि.मि.को दुरीमा छ । यो जिल्ला ८५०२४’ देखि ८५०४९’ पूर्वी देशान्तर र २७०२१’ देखि २७०८५’उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि.क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा,पश्चिममा काठमान्डौं,ललितपुर र भक्तपुर,उत्तरमा सिन्धुपलान्चोक, दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन्। पूर्वमा सुनकोशी पश्चिममा नगरकोट डाँडा एंव साँगा भञ्ज्याङ्ग उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ ।

समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला)देखि ३०१८ मिटर (वेथान्चोक नारायण डाँडा)सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ ।

वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो । पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो । प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ ।

 

जिल्ला काेड न‍ ३०

सदरमुकाम धुलिखेल

प्रमुख प्रख्यात स्थलहरु

  1. पलाञ्चाेक भगवती मन्दिर
  2. दाेलालघाट बजार
  3. नमाेबुद्ध
  4. चण्डेश्वरी मन्दिर
  5. पनाैती महादेव तथा एेतिहासिक सहर
  • Print भएर अाइसकेकाे MRP हेर्नकाे लागि Click । २०७४-५-२७

    निम्न उल्लेखित मिति सम्मकाे राहदानी (MRP) तयार भर्इ अार्इ सकेकाे हुँदा राहदानी शाखा ( काेठा न. ४ काे भ्याल ) मा निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लिएर सम्पर्क गर्नुहुन् अनुराेध गरिएकाे छ ।राहदानी लिनकाे लागि अावश्यक कागजपत्रहरू १. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने । २. बैक भाैचर । ३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति । ४. List काे Lot no. र Serial Number टिपेर अाउनुहाेला। Lot No:- ०७ ,  २०७४/०५/२९ देखी २०७४/०६/०९ सम्पुर्णा  विवरणकाे लागी Click गर्नुहाेस् Lot No:- ०८ ,  २०७४/०6/०९ देखी २०७४/०६/२६ सम्पुर्णा  विवरणकाे लागी Click गर्नुहाेस्

NO record found


© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय